शिल्पा पोखरेलले आफूलाई पक्राउ नगर्न भन्दै हालेको मुद्दा खारेज, अब जाने भइन् जेल ?



२७ कार्तिक २०७६, काठमाडौँ

नायिका शिल्पा पोखरेलले केही समय अघि अदालतमा आफूलाई पक्राउ नगर्नको लागि निवेदन दिएकी थिइन् । छवि ओझासँग झगडा भएपछि शिल्पाले मिडियासामू अब आफू छविसँग बस्न नसक्ने भएकाले उनलाई डिभोर्स दिन लागेको बताएकी थिइन् ।

तर त्यहि समयमा हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्दम हालेकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन् ।

शिल्पा पोखरेलले आफुलाई पक्राउ नगर्न भनेर हालेको मुद्धा सर्वोच्च अदालते खारेज गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले मंगलबार पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो । निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्