‘माया पिरिम’ गीत रिलिज, सलोनसँग अञ्जलीको रोमान्स



२६ कार्तिक २०७६, काठमाडौँ

पछिल्लो समयकी सर्वाधिक चर्चित र व्यस्त मोडल अञ्जली अधिकारी आजभोली चलचित्रका गीतमा पनि देखिन थालेकी छिन् । उनले गतबर्ष प्रदर्शनमा आएको चलचित्र प्रसाद को वनकी चरी बोलको गीतमा डान्स गरेकी थिइन् । जुन गीत सर्वाधिक हिट भएको थियो ।

यस्तै भर्खरै मात्र अञ्जलीको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ । चलचित्र माया पिरिम को फोटो खिचेर बोलको गीतमा अञ्जली अधिकारी र सलोन बस्नेत फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई लेखु सहयात्रीले लेखेका हुन् ।

गीतमा कोशिस क्षेत्रीले संगीत भरेका छन् भने लेखु सहयात्री र बिन्दु परियारले आवाज दिएका छन् । यो गीतलाई शिशिर खत्रीले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्