चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोष्टर रिलिज, यस्तो लुक्समा देखिए आर्यन र मिरुना



२६ कार्तिक २०७६, काठमाडौँ

मसिंर ६ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र च च हुई को क्यारेक्टर पोष्टर रिलिज भएको छ ।

आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । यसअघि गीत र ट्रेलरमार्फत दर्शकमाझ पुगेको निर्माण टिमले चलचित्रको प्रचारमा थप सहयोग पुगोस् भनेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्