श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका श्रीमान आफैले गरे आत्महत्या !



२५ कार्तिक २०७६, चितवन

श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका श्रीमान आफैले भरतपुर अस्पतालमा आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुुसार, लमजुङ्ग दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनारले आत्महत्या गरेका हुन ।

सुनार हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा आईतबार बेलुका ८ः४० बजे सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अस्पतालमा उनले श्रीमती सुत्केरी गराउन ल्याएको र बच्चा पैदा भए पश्चात आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

के कारणले आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्