राष्ट्रपति भण्डारीद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना व्यक्त



२५ कार्तिक २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई परिपालन गर्न सके सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकता सवल बनाउन सकिने बताएकी छन्।

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्दको जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्