‘मैले विराटको लुगा लगाउँदा उ खुसी हुन्छ’ : अनुष्का शर्मा



२४ कार्तिक २०७६, काठमाडौँ

विराट कोहली र अनुष्का शर्मा बलिउडका निकै क्युट कपल हुन् । यी दुईको जोडीलाई रुचाउने दर्शकको संख्या लाखौँमा रहेको छ ।

विराट र अनुष्काको तस्बिरहरु सामाजिक सञ्जालमा धेरै चर्चामा रहने गरेका छन् । यस्तै अनुष्काले विराट र आफ्नो रमाइलो कुरा एक अन्तवार्तामा बताएकी छिन् । उनले कहिलेकाहिँ आफूले विराटको पनि कपडा लगाउने गरेको बताएकी छिन् ।

उनले विराटको लुगा लगाउँदा विराट नै खुसी हुने गरेको बताइन् । विराटले नै उनलाई आफ्नो लुगा लगाउने अनुमति दिने भएकाले विराटको लुगा लगाउन आफूलाई रमाइलो लाग्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्