राजेश हमालको नयाँ लुक्स



२४ कार्तिक २०७६, काठमाडौँ

महानायक राजेश हमाल यतिबेला सप्तरङ्गी २ मा व्यस्त छन् । सप्तरङ्गी २ का लागि राजेश हमालसँगै प्रकाश सपूत, रवि ओड, सुगम पोखरेल, मेलिना राई लगायतका कलाकारहरुले पनि देशका विभिन्न ठाउँमा प्रस्तुती दिदैँछन् ।

कार्तिक २० गते बिर्तामोडबाट सुरु भएको यस कार्यक्रम कार्तिक २२ गते वीरगञ्जमा भएको थियो । वीरगञ्जमा पुगेका कलाकारहरुको क्रेज र कलाकारलाई दर्शकले देखाएको माया लोभलाग्दो थियो । अझ, कार्यक्रममा महा(नायक राजेश हमालले धोती(कुर्ता लगाएर उपस्थित भइदिए । जुन कुराको प्रशंसा धेरैले गरिरहेका छन् ।

मधेशमा भएको उक्त कार्यक्रममा राजेशले मधेशी दर्शकको प्रतिनिधित्व गर्दै मधेशी पहिरन लगाएका थिए । मधेशी पहिरनलाई सम्मान गर्दै आफूले धोती(कुर्ता पहिरिएको हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्