‘कबड्डी कबड्डी कबड्डी’ ले पुरा गर्यो ५१ दिन, अहिलेसम्मको कमाई कति ?



२४ कार्तिक २०७६, काठमाडौँ

यो बर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये आधा बर्ष नाघिसक्दा पनि मात्र ४ चलचित्रले लगानी सुरक्षित गर्न सफल भएका छन् । यो बर्षमा अहिलेसम्म प्रदर्शनमा आएका चलचित्रहरुमध्ये दाल, भात, तरकारी, जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै ले मात्र लगानी सुरक्षित गर्न सफल भएका छन् ।

चलचित्र कबड्डी कबड्डी कबड्डी ले हिजो ५ हलमा रिलिजको ५१ औँ दिन मनाएको छ । योसँग कबड्डी कबड्डी कबड्डी ले यो बर्षको ब्लकबस्टर चलचित्रमा आफ्नो नाम पनि लेखाउन सफल भएको छ । कबड्डी कबड्डी कबड्डी को कमाई ५१ दिनसम्म आइपुग्दा १४ करोड ग्रस कलेक्सन भएको जानकारी पाइएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ, रिश्मा गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्