‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ योगिशालाई



२४ कार्तिक२०७६, काठमाडौं

‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ वितरण कार्यक्रम सम्पन्न भएको छ।

नारी साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’ वितरण कार्यक्रम शनिबार राजधानीमा भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोसिया खेलाडी एवम् कवि शुभेच्छा खतिवडा र बाल नृत्यकार योगिशा खत्रीलाई ‘सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार’बाट सम्मान गरिएको थियो।उनीहरुलाई सम्मानपत्र तथा नगदसमेत समर्पण गरियो।

संस्थाका कोषाध्यक्ष डा. रेणुका सोलुले संचालन गरेकी कार्यक्रममा संस्थाका संरक्षक उषा शेरचन, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा(शीला), सल्लाहाकार रामप्रसाद दाहाल, उपाध्यक्ष सन्ध्या पहाडी, विशिष्ठ कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, पुरस्कार अक्षयकोष दाता लक्ष्मीदेवी राजभन्डारीका सुपुत्र प्रणव राजभन्डारी, साहित्यकार तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, देवकला पराजुली तथा संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम संचालन गर्दै संस्थाका कोषाध्यक्ष डा. रेणुका सोलु

संस्थाको गतिविधी र कार्यक्रमका बारेमा गीता कार्कीले आफ्नो मन्तव्य राखेकी थिइन् भने, पुरस्कृत बाल प्रतिभाका बारेमा सन्ध्या पहाडी र देवकला पराजुलीले प्रकाश पारेका थिए।

यसैगरी पुरस्कार अक्षयकोष स्थापनाका सन्दर्भ र भावी सोचका बारेमा प्रणव राजभण्डारीले बोलेका थिए भने रामप्रसाद दाहालले शुभकामनाका शब्दहरू व्यक्त गरेका थिए।

प्रमुख अतिथिको गरिमामय मन्तव्यपछि डा. रेणुका सोलुले धन्यवाद साथै आभारका शब्दगुच्छाहरू समर्पण गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

कार्यक्रममा पुरस्कृत बालप्रतिभाहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रम झलकः

प्रतिक्रिया दिनुहोस्