यी हुन् नेपाली चलचित्र क्षेत्रमा दर्शकले सर्वाधिक रुचाएका जोडीहरु, तपाईको नजरमा कसको जोडी बेष्ट ?



२४ कार्तिक २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ कलाकारको आगमन बढ्दो छ । कतिले पहिलो चलचित्रबाट नै सफलता पाएर चर्चाको शिखरमा पुगेका छन् भने कतिले एकपछि अर्को चलचित्रमा काम गर्ने मौका नै पाएका छैनन् ।

यस्तै सँगै काम गरेका केही नायक–नायिकाहरुको त दर्शकले जोडी नै बनाइदिने गरेका छन् । हुन त कलाकारलाई उचाईमा पुर्याउने भनेकै दर्शक हुन् । दर्शक बिना कलाकारको अस्तित्व नै छैन ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा यस्ता केही जोडीहरु छन् । जसलाई दर्शकले निकै नै रुचाएका छन् । अझ भन्नुपर्दा उनीहरु रियल जोडी भएको हेर्न चाहेका छन् भने यस्ता केही जोडी पनि छन् जो रिल र रियल जोडी पनि हुन् ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी नेपाली चलचित्र जगतमा निकै नै लोकप्रिय मानिने जोडी हुन् । यी दुई रियल जोडी हुन् । करिब ४ बर्ष अगाडी यी दुईको विवाह भएको थियो । निश्चल र स्वस्तिमालाई आदर्श जोडी समेत भनिने गरिएको छ ।

बर्षा राउत र सन्जोग कोइराला

बर्षा राउत र सन्जोग कोइराला पनि दर्शकले सर्वाधिक रुचाएका जोडी हुन् । लामो समयको प्रेम सम्बन्ध पछि यी दुईले गतबर्ष फागुनमा विवाह गरेका थिए । यो जोडीको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी

प्रियंका र आयुष्मान रिल मात्र नभएर रियल कपल पनि हुन् । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरिसकेका छन् । दर्शकले यी दुईको जोडीलाई असाध्यै रुचाउने गरेका छन् ।

प्रदिप खड्का र जसिता गुरुङ

चलचित्र लिलिबिली मा एकसाथ काम गरेपछि प्रदिप र जसिताको जोडीलाई दर्शकले रुचाउन थालेका हुन् । यी दुई रियल कपल भने होइनन् । दुवैले एकअर्काबिच प्रेमीको सम्बन्ध नभएर राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । तर दर्शक भने यी दुई रियल जोडी भएको हेर्न चाहन्छन् ।

पूजा शर्मा र आकाश श्रेष्ठ

पछिल्लो समयमा दर्शकको अत्याधिक माया पाउन सफल कलाकार हुन् पूजा शर्मा र आकाश श्रेष्ठ । यी दुईले रामकहानी मा एकसाथ गरेका थिए । त्यहि समयदेखि नै पूजा र आकाशको जोडीलाई दर्शकले खुब रुचाउन थालेका हुन् । यी दुई पनि प्रेमी प्रेमिका नभएर मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

पल शाह र आँचल शर्मा

पल र आँचल नेपाली सिनेवृतमा आँप जोडीको रुपमा परिचित छन् । यी दुईले थुप्रै म्यूजिक भिडियो र चलचित्रमा एकसाथ काम गरिसकेका छन् । पल र आँचलको जोडी दर्शकमाझ निकै नै लोकप्रिय छ । तर आँचलले डा.उदिप श्रेष्ठसँग आफ्नो प्रेम रहेको खुलासा गरिसकेकी छिन् । त्यसैकारण पल र आँचल रिलमा मात्र जोडी हुन् ।

प्रतिक्रिया दिनुहोस्