प्रधानाध्यापक बसभित्र मृत अवस्थामा फेला !



२२ कार्तिक २०७६, कमाठमाडौ

बाजुराको लागि धनगढीबाट ना ६ ख १७९२ नम्बरको बसमा बिहिबार एक जना यात्रु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

धनगढीबाट बाजुरा आउँदै गरेको उक्त बसमा हिमाली गाउँपालिका ७ बाँधुका ५० वर्षीय दलबहादुर शाही मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । मृतक शाही हिमाली गाउँपालिका ५ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

गाडी चालक कृष्ण विष्टका अनुसार अछामको चौखुट्टमा यात्रु सकुशल रहेका र बाजुराको बुढीगंगा नगरपालिका ८ मा रहेको रिठा बजार आउँदा मृत अवस्थामा भेटिएको बताए। चौखुट्टेमा चिया खान बस रोकिएको समयमा सकुशल भेटिएका शाही रिठा बजार आइपुगेपछि मृत अवस्थामा भेटिएको गाडी चालक विष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्