बूढानीलकण्ठ मन्दिर परिसरको ‘मठाधीश भवन’ उद्घाटन



२१ कात्तिक २०७६, काठमाडौं

बूढानीलकण्ठ मन्दिर परिसरको ‘मठाधीश भवन’ नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीद्वारा उद्घाटन भएको छ ।

भारत सरकारको २ करोड १८ लाख अनुदान सहयोगमा तीन तले मठाधीस भवनको निर्माण गरि हस्तान्तरण गरिएको हो ।

‘बुढानीलकण्ठ नारायण मन्दिर’को नवनिर्मित मठाधीश भवन उद्घाटन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य, बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्