५० अण्डा खाने बाजी राख्दा एक युवकको मृत्यु !



२१ कार्तिक २०७६, काडमाडौं

भारतको उत्तर प्रदेशमा साथी – साथी बिचमा ५० वटा अण्डा खाने बाजी राख्दा एक व्यक्तिको  मृत्यु भएको छ।

उत्तर प्रदेशको जाउनपुर जिल्लामा अण्डा खाने  बाजी राख्दा ४० वर्षीय सुवास यादवको  ४२ औं अण्डा खाँदाखाँदै मृत्यु भएको हो।

प्रहरीका अनुसार यादव र उनका साथीहरुबीच विवाद भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो। यादवले सोही क्रममा आफूलाई २ हजार भारु दिएमा ५० वटा अण्डा खाने बाजी राखेका थिए।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर यादवलाई खान दिएका थिए। ४१ वटासम्म अण्डा उनले राम्रैसँग खाएका थिए। तर, ४२ औं अण्डा उनको मुखमा परेपछि उनी बेहोस भएका थिए।

उनलाई तत्कालै नजिकको क्लिनिकमा लगिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो। यादवको होस आएन र उनको केही घण्टामा नै मृत्यु भएको थियो। एजेन्सी…..

प्रतिक्रिया दिनुहोस्