नाकबाट पानी पिएर आँखाबाट निकाल्ने यि व्यक्ति !



१९ कार्तिक २०७६, काठमाडौं

चीनमा एकजना व्यक्तिको अनौठो क्रियाकलापको भिडियो अहिले निकै चर्चामा छ । झांग येलियांग नामक व्यक्तिमा यस्तो अद्भुत क्षमता छ कि उनले नाकबाट पानी वा दुध पिएर आँखाबाट निकाल्न सक्दछन् ।

उनले आँखाबाट पानीको यस्तो पिचकारी निकाल्दछन् कि कहिलेकाहीँ त त्यो पानीले गमलाको विरुवामा सिँचाई नै गर्न सकिन्छ । नाकले पानी वा दुध पिएर आँखाबाट पिच्कारी फालेको उनको भिडियो निकै भाइरल बनिरहेको छ । आफ्नो त्यो क्षमता एउटा प्राचीन कला रहेको उनको दाबी छ । उनले पछिल्लो १० वर्षदेखि यो काम गर्दै आएका छन् ।

आँखाबाट उनले फ्याँकेको दुध वा पानी ५।५ फिटसम्म टाढा पुग्दछ । उनले निकै कडा मेहेनत गरेर यस्तो क्षमता हासिल गरेका हुन् । तर त्यो कार्य निकै खतरनाक र पीडादायक भएको हुनाले त्यसको सिको नगर्न उनी आग्रह गर्दछन् । उनी पेशाले मार्सल आर्टका खेलाडी हुन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्