सार्वजनिक रुपमा माफी मागेपछि दुर्गेश थापालाई प्रहरीले छोडिदियो



०५ कार्तिक २०७६, काठमाडौँ

प्रहरीले दुर्गेश थापालाई छोडिदिएका छन् । तिहारको गीत ह्यापी तिहार चिसो बियर बोलको गीत गाएर विवादमा तानिएका दुर्गेशलाई तिहारको अपमान गरेको भन्दै पक्राउ गरिएको थियो ।

अबदेखि लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेर गीत नगाउने प्रतिबद्धता जनाएपछि गायक थापालाई छोडिएको हो। ुसार्वजनिक रुपमा उहाँले माफी माग्नुभयो। अबदेखि यस्तो नगर्ने शर्त राखेपछि छोडिदिएको हो,ु महाशाखाका एसएसपी सहकुल थापाले भने।

दुर्गेशले युट्युबबाट आफ्नो उक्त गीत पनि हटाइसकेका छन् । यो घटनाले दुर्गेशको स्टारडममा भने ठेस पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्