सृष्टिको हात माग्न यूके पुगे सौगात !



०५ कार्तिक २०७६, काठमाडौँ

सौगात मल्ल र सृष्टि श्रेष्ठ पछिल्लो समयको निकै लोकप्रिय जोडी हो । सौगात र सृष्टि विगत केही बर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनीहरु अभिनीत चलचित्र पोई पर्यो काले यहि कातिर्क ८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । तर सौगात र सृष्टि भने नेपाल बाहिर छन् ।

सौगात र सृष्टि दशैँ अघि नै यूके उडेका हुन् । उनीहरु अब भाइटिकाको २ दिनपछि मात्र नेपाल फर्कनेछन् । यस्तै सौगात र सृष्टिका फ्यानको मनमा एउटै प्रश्न छ, उनीहरु यूके किन गएका होलान् । सृष्टिको परिवार यूकेमा छन् ।

सौगात र सृष्टिले केहीसमयदेखि विवाह गर्ने योजना भएको बताउँदै आएका छन् । यस्तै सौगात यूके सृष्टिको परिवारसँग सृष्टिको हात माग्न गएको बुझिएको छ । अब केही समयभित्र नै सौगात र सृष्टिले विवाह गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्