‘नागिन ४’ मा यी नायिका बन्नेछिन् नागिन



०५ कार्तिक २०७६, काठमाडौँ

भारतीय टेलिभिजनको चर्चित शो नागिन को चौथो सिजन अब चाडै सुरु हुने भनिएको छ । एकता कपुरले निर्माण गर्दै आएको टिभी शो लाई दर्शकले अत्यन्तै रुचाएका थिए । नागिन को पहिलो र दोस्रो सिजनमा मौनी रोयले नागिनको भूमिका निभाएकी थिइन् भने तेस्रो सिजनमा सुरवीले नागिनको भूमिका निभाएकी थिइन् ।

नागिन को चौथो सिजनमा भने निहा शर्मा नागिनको रुपमा देखिने भएकी छिन् । भारतीय मिडिया अनुसार निया शर्माले नागिन ४ गर्नको लागि साइन पनि गरिसकेकी छिन् । तर नियाले भने यसबारे अहिलेसम्म जानकारी दिएकी छैनन् । यसअघि निया जमाई राजा, इश्क मे मरजावा, एक हजारो मे मेरी बेहेना लगायतका चर्चित टिभी शो हरुमा देखिइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्