चुम्बन विवादबारे विशालले भने : ‘म पुलिस बोलाउन चाहन्थे तर नेहाले मानिनन्’



०५ कार्तिक २०७६, काठमाडौँ

इन्डियन आइडल भारतको सबैभन्दा धेरै हेरिने र चर्चित गायन रियालिटी शो । इन्डियन आइडल सिजन ११ सुरु भैसकेको छ । यस्तै इन्डियन आइडल सिजन ११ को अडिसनमा आएका एक व्यक्तिले नेहालाई केही उपहार दिन्छन्, त्यसपछि उनलाई अकंमाल गर्दै उनको गालामा किस समेत खान्छन् ।

अहिले यो भिडियोले सर्वाधिक चर्चा पाइरहेको छ । सायदै इन्डियन आइडल मा घटेको यो पहिलो घटना हो । यो घटनालाई लिएर नेहाका धेरै प्रशंसकले आपत्ति जनाइरहेका छन् । कत्तिले ती युवकमाथि रिस समेत पोखेका छन् ।

यस्तै यस विषयमा इन्डियन आइडल मा जजको रुपमा रहेका विशालले केही बोलेका छन् । उनले त्यस समय आफूले पुलिस बोलाउन चाहेको तर नेहाले नै ती व्यक्तिलाई जान दिएको बताएका छन् । उनले ती युवकको मानसिक सन्तुलन बिग्रिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्