अमेरिकामा रमाउँदै नायिका बर्षा सिवाकोटी (फोटो फिचर)



०५ कार्तिक २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटी अहिले अमेरिकामा छिन् । उनी फुर्सदको समय सदुपयोग गर्नको लागि अमेरिका पुगेकी हुन् । तर अमेरिका पुग्नासाथ बर्षाको प्रेम चर्चा सुरु भएको छ । सामाजिक सञ्जालमा सविन नाम गरेका युवकसँगको फोटो सार्वजनिक भएपछि बर्षाको प्रेम प्रसंग सुरु भएको हो ।

अझ कत्तिले बर्षा प्रेमीलाई भेट्नकै लागि अमेरिका गएको समेत बताइरहेका छन् । बर्षा भने यो कुरालाई अस्वीकार गर्छिन् । यस्तै बर्षाले अमेरिकाको सुन्दर ठाउँहरुको भ्रमण गरिरहेकी छिन् । उनका तस्बिरहरु सामाजिक सञ्जालमा अहिले चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्