बलिउड नायिका इलियाना भन्छिन्,‘सेक्स’ मा इन्जोय गर्नुपर्छ तर त्यसमा केही भावना पनि हुनुपर्छ



०५ कार्तिक २०७६, काठमाडौँ

इलियाना डिक्रुज बलिउडमा खुबै जमेकी अभिनेत्री हुन् । तामिल फिल्ममा आफूलाई नम्बर वान साबित गरेकी इलियानाको बलिउडमा पनि उत्तिकै डिमाण्ड छ । उनले बलिउडमा केही सफल चलचित्रहरु दिइसकेकी छिन् । उनको अभिनयका साथै बलिउडमा सुन्दरताको पनि निकै चर्चा हुने गरेको छ ।

यस्तै अहिले इलियाना सामाजिक सञ्जालमा चर्चामा छिन् । उनले एक अन्तवार्तामा भनेको कुराले अहिले चर्चा पाइरहेको छ । एक अन्तवार्तामा इलियानालाई सेक्सको बारेमा प्रश्न गरिएको थियो ।

इलियानाले आफूले सेक्स इन्जोय गर्ने गरेको बताइन् । उनी भन्छिन् म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन,’ उनले स्पष्ट पार्दै भनिन्, ‘मेरो मतलब यो हो कि, मेरो ख्यालमा हामीले सेक्स गर्न आवश्यक छ, तर यसका लागि कुनै भावना पनि हुनुपर्छ, जब तपाईं मायामा हुनुहुन्छ भने सेक्स निकै मजाको हुन्छ, किनकि यसमा दुई आत्मा सामेल हुन्छन् ।’

इलियानाको भनाइलाई दर्शकले सकरात्मक रुपमा नै लिएका छन् । इलियानाले अन्तवार्तामा आफ्नो ब्रेकअपबारे पनि बताइन् । उनलाई ब्रेकअपको पिडाबाट बाहिर निस्कन केही सयम लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्