विश्व चर्चित हास्यकलाकार मिस्टर बीनका छोरा गोर्खाली सेनामा, नेपालमा बसेर भए भर्ती



०३ कार्तिक २०७६, काठमाडौं

विश्वमा ‘मिस्टर बीन’ उपनामले चर्चित हास्यकलाकार रोवान एटकिन्सनका छोरा बेन एटकिन्सन बेलायती गोर्खा सैनिकमा भर्ती भएका छन् ।

नेपालमा बेलायती गोर्खाली सैनिकका साथ बेन गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बेनले तीन महीना जति नेपालमा बिताएका थिए । २६ वर्षीय बेनले नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ । गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दै उनी नेपाल आएको बताइएको छ ।

गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अचम्मै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।‘ सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै टिपे”, पत्रिकाले लेखेको छ । भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ । त्यसमा पनि ‘उड्यो, बस्यो’ स्टेपका लोकनृत्यमा उनले चाँडै पछ्याएका थिए ।बेन रोवान र सुनेत्रा शास्त्रीका छोरा हुन् । २४ वर्ष साथै रहेका यी दम्पतीको चार वर्ष अघि सम्बन्धविच्छेद भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्