मिडिया हबले पाडे र जिग्री विरुद्ध हाल्यो मुद्दा



०३ कार्तिक २०७६, काठमाडौँ

मिडिया हबले अर्जुन घिमिरे (पाडे) र कुमार कट्टेल (धुर्मुस) विरुद्ध मुद्धा हालेका छ । लामो समयदेखि चलिआएको सर्वाधिक लोकप्रिय टेलिश्रृङ्खला भद्रगोल टिमको मिडिया हबसँग कुरा नमिलेपछि केहीसमय भद्रगोल रोकिएको थियो ।

भद्रगोल टिमले अहिले नयाँ टेलिसिरियल सक्किगोनि ल्याएको छ । भद्रगोल का पुरानो टिम नभएपछि अहिले भद्रगोल को लोकप्रियता घटेको छ । भद्रगोल लाई दर्शकले त्यति रुचाउने गरेका छैनन् भने सक्किगोनि ले केहीसमयमै दर्शकको अत्याधिक माया पाउन सफल भएको छ ।

यस्तै मिडिया हबले आफ्नो शो को क्यारेक्टर राखेर सक्किगोनि निर्माण गरेकाले भद्रगोल लाई असर परेको भन्दै उजुरी हालेको हो । मिडिया हबले भद्रगोल को क्यारेक्टरहरु आफूले स्थापित गरेको भन्दै यस्तो क्रियाकलाप गर्न नपाइने बताएको छ ।

यस्तै छलफलको लागि टेकु पुगेका अर्जुन घिमिरे (पाडे) ले भने भद्रगोल का सबै क्यारेक्टर मिडिया हबको नभई आफ्नो सिर्जना भएको बताएका छन् । उनले कारवाही हुने खालको आफूहरुले कुनै काम नगरेको बताइरहेका छ । अब यो घटनाले कस्तो मोड लिने हो त्यो हेर्न भने केही समय प्रतिक्षा गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्