प्रकाश र शान्तिश्रीको नयाँ गीत रिलिज



०१ कार्तिक २०७६, काठमाडौँ

प्रकाश सपूत र शान्तिश्री परियार दुवै निकै चर्चित गायक गायिका हुन् । यी दुईले बोल माया र गलबन्दी गीत एकसाथ गाएका छन् । यी दुवैलाई दर्शकले निकै रुचाएका पनि छन् । अहिले फेरि यी दुईको तिहारको नयाँ गीत रिलिज भएको छ ।

दिपेन्द्र डाँगीको शब्द र संगीत रहेको झिलीमिली तिहार बोलको गीतमा दिपेन्द्र डाँगी र शान्तिश्री परियारको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा प्रकाश सपूत र करिना डाँगी फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्