‘यसकारण विवाहअघि सँगै बसेनौँ’ : रणवीर र दिपिका



०१ असोज २०७६, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडमा नम्बर वान कपलको रुपमा परिचित छन् । यी दुईको जोडीलाइ आइडल मान्ने मानिसहरुको पनि कमी छैन ।

यस्तै यतिबेला रणवीर र दिपिकाको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । भिडियोमा रणवीर र दिपिकालाई विवाहअघि किन सँगै नबसेको भनेर प्रश्न गरिएको छ ।

जहाँ रणवीर र दिपिकाले विवाहपछि थाहा पाउनुपर्ने कुरा विवाह अघि नै थाहा पाउँदा राम्रो नहुने भएकाले सल्लाह अनुसार नै विवाह अघि सँगै नबसेको बताए । दीपिका थप्छिन्–‘हामीले एक–अर्कालाई राम्रोसँग चिनेका थियौं । चिन्न र बुझ्नको लागि लिभिङ टुगेदरमा बस्नु नै पर्ने जरुरी थिएन । आखिर बिबाह हुने पक्का नै थियो । त्यसैले बिबाहपछि मात्र सँगै बस्ने निर्णय भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्