यसरी मनाइदिइन् सन्नीले आफ्नी छोरी निशाको जन्मदिन



०१ कार्तिक २०७६, काठमाडौँ

सन्नी लियोनीले आफ्नी छोरीको जन्मदिन धुमधामसँग मनाएकी छिन् । उनकी छोरी निशा कौर बेवर ४ बर्ष पुरा भएकी छिन् । त्यसैको खुसियालीमा उनले मुम्बईमा एक पार्टीको आयोजना गरेकी थिइन् ।

निशालाई सन्नीले २०१७ मा गोद लिएकी थिइन् । निशा बाहेक सन्नीका अन्य दुई सन्तान रहेका छन् । अशर र नोहलाई सन्नीले सेरोगेसीमार्फत जन्म दिएकी हुन् । उनी आफ्ना सन्तानलाई असाध्यै माया गर्छिन् । उनका श्रीमान पनि आफ्ना छोराछोरी भनेपछि हुरुक्कै हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्