‘इनास अवार्ड’ मा प्रताप र प्रविशाले पाए सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड



०१ कार्तिक २०७६, काठमाडौँ

अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्दै आएको इनास अवार्डको छैठौं संस्करण केहीदिन अघि राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ ।

इनास अवार्ड मा यसबर्ष नायिका स्वस्तिमा खड्काले चलचित्र बुलबुल बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड पाइन् भने विपिन कार्कीले चलचित्र प्रसाद बाट सर्वोत्कृष्ट नायकको अवार्ड पाए ।

यस्तै चलचित्र रोज मा समावेश गीत फूल होइन बाट गायक प्रताप दासले सर्वोत्कृष्ट गायकको अवार्ड उचाले भने सोही गीतबाट गायिका प्रविशा अधिकारीले सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारिन् । प्रतापले यो आफ्नो जीवनकै पहिलो अवार्ड भएकाले निकै खुसी भएको बताए भने प्रविशाले पनि अवार्ड पाएकोमा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्