प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परे तालिम केन्द्रका असई



३० असोज २०७६, काठमाडौं

नेपालगञ्जको प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ। आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो।

घटनामा संलग्न रहेको आरोपमा तालिम केन्द्रमै कार्यरत नायब निरीक्षक (असई) बमबहादुर राना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गरे। एसपीका अनुसार, पीडितले जाहेरी दिनु भएपछि पक्राउ गरेर अनुसन्धान सुरु भएको र अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप पनि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्