‘प्रेम संसार’ को लोकशैलीको गीतमा कविताले लगाइन् ठुम्का



३० असोज २०७६, काठमाडौँ

चलचित्र प्रेम संसारको लोक शैलीको गीत सार्वजनिक भएको छ । मसिंर १३ बाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको सुन सुन चम्पा बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा कविता नेपाली र प्रेम सोनी गहतराज फिचर्ड छन् । यो गीतलाई एकिन्द्र सराधनकारले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्