२४ असफल चलचित्र दिएपछि केकीले दिइन् पहिलो हिट चलचित्र



३० असोज २०७६, काठमाडौँ

नायिका केकी अधिकारी नेपाली चलचित्र जगतकी चर्चित नायिका हुन् । उनलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ । उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनी अभिनीत चलचित्र त्यति सफल छैनन् ।

केकी अधिकारीले छ माया छपक्कै सहित २५ चलचित्रमा काम गरिन् । यसबिचमा छ माया छपक्कै उनको पहिलो हिट चलचित्र मानिएको छ । छ माया छपक्कै सँगै केकीको डिमाण्ड पनि बढिरहेको छ ।

केकी आफूलाई लक्की नायिका मान्छिन् । उनको २४ चलचित्र फ्लप भएपनि उनी कहिल्यै फ्लप भइनन् । उनको हातमा चलचित्र अभाव भएनन् । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ । यतिधेरै चलचित्र फ्लप हुदाँ पनि यो क्षेत्रमा टिकिरहँदा आफूलाई लक्की नायिका मान्ने गरेको केकी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्