बल्ल दिए कपिलले आफू बाबु बन्न लागेको कुराको जानकारी



३० असोज २०७६, काठमाडौँ

भारतीय चर्चित कमेडियन कपिल शर्मा बाबु बन्दैछन् । यो कुरा त धेरै पहिले नै दर्शकले थाहा पाइसकेका छन् । यस्तै गत आइतबार धुमधामसँग कपिलले बेबी सावर समारोह सम्पन्न गरेका छन् ।

कपिल र गिन्नीको बेबी सावर समारोहमा भारती सिंह पनि पुगेकी थिइन् । उनले गिन्नीसँगको तस्बिर आफ्नो इन्ष्टाग्राममा राखेकी छिन् ।

कपिलले आफू बाबु बन्न लागेको कुराको जानकारी कहिल्यै दिएका थिएन । बेबी सावर सेरोमनीपछि भने कपिलका फ्यानहरु निकै खुसी भएका छन् र सानो कपिलको पर्खाइमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्