‘सरौतो’ ट्रेलर रिलिज, देखियो सुमीको दमदार एक्सन



३० असोज २०७६, काठमाडौँ

चलचित्र सरौतो को अफिसियल ट्रेलर रिलिज भएको छ । लामो समयपछि महिला एक्सनमा तयार भएको चलचित्रमा सुमी मोक्तानको मुख्य भूमिका रहेको छ । चलचित्रको ट्रेलरमा सुमीको दमदार एक्सन देख्न सकिन्छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् । सिनेमा २२ कार्तिकदेखि अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्