‘बाबाको दोस्रो विवाहमा जानको लागि मेरो आमाले लेहेङ्गा किनिदिनु भएको  थियो’ : साराअली खान



२९ असोज २०७६, काठमाडौँ

साराअली खान बलिउडकी सफल अभिनेत्री हुन् । उनको फ्यान फलोइङ पनि लोभलाग्दो रहेको छ । यस्तै साराले आफ्नो विगतको रमाइलो कुरा सुनाएकी छिन् ।

साराले आफ्नो पिता सैफअली खानको दोस्रो विवाहको समयमा आमा अमृताले लेहेङ्गा गिफ्ट दिएको बताइन् । सैफ र करिनाले २०१२ मा विवाह गरेका थिए । करिना सैफभन्दा १० बर्ष कान्छी हुन् ।

सैफकी जेठी श्रीमती अमृताले सैफको करिनासँग विवाह भएको समयमा आफ्ना छोराछोरीलाई उनको विवाहमा पठाएकी थिइन् । सारा करिनासँग निकै नजिक छिन् । यस्तै करिना पनि सारालाई धेरै माया गर्छिन् । साराले तैमुरलाई पनि असाध्यै माया गर्ने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्