७ बुँदे प्रतिबद्धता सहित उपाध्यक्षमा जिताउन धर्मराज अधिकारीको अपिल



२८ असोज २०७६, काठमाडौं

करिव दुई दशकदेखि अष्ट्रेलियामा बसोबास र समाजसेवा गर्दै आएका धर्मराज अधिकारीले ७ बुँदे प्रतिबद्धता सहित गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९ औं विश्व सम्मेलनमा उपाध्यक्षमा निर्वाचित गराउन अपिल गरेका छन् ।

अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० सफल बनाउन आफूले भूमिका खेल्ने, नेपाल सरकारले दिन निर्णय गरेको गैर आवासीय नागरिकता प्राप्तीको  लागि पहल गर्ने लगायतका निम्न ७ प्रतिबद्धताहरु प्रस्तुत गरेका छन् ।

१. समावेशी र सुदृढ संगठन ।
२. सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारी ।
३. नेपाल र नेपाली कला संस्कृतिको प्रवर्द्धन ।
४. विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण ।
५. समृद्ध नेपालका लागि गैर आवासीय नेपालीको सामूहिक लगानी ।
६. नेपाली नागरिकताको निरन्तरता ।
७. विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार ।

प्रतिक्रिया दिनुहोस्