पर्दामा एकसाथ देखिदैँ अनुष्का र ऋतिक



२७ असोज २०७६, काठमाडौँ

फराह खान बलिउडकी सफल निर्देशक हुन् । तर लामो समयदेखि उनले चलचित्र बनाएकी छैनन् । फराह खानले पछिल्लो पटक ह्याप्पी न्यु इयर बनाएकी थिइन् । अब भने उनी नयाँ प्रोजेक्ट लिएर दर्शकमाझ आउने भएकी छिन् ।

फराहले चलचित्रको नाम भने खुलाएकी छैनन् । तर चलचित्रमा ऋतिक रोशन र अनुष्का शर्मा फाइनल भएका छन् । दुवै बलिउडका सफल कलाकार पनि हुन् । यस्तै यो चलचित्रको छायांकन २०२० को मे बाट सुरु हुने बताइएको छ । फराहले चलचित्र २०२१ को सुरुवातमै प्रदर्शनमा आउने जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्