चिनियाँ राष्ट्रपतिको स्वागतका ब्यानर च्यातियो..



२२ असोज २०७६, काठमाडौं

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाइएका ब्यानर च्यातिएको छ ।

काठमाडौंको तिनकुनेस्थित लायन्स आँखा अस्पताल नजिकै लगाइएको ब्यानर च्यातिएको हो । नेपाल भ्रमणमा आउन लागेका सी को स्वागतका लागि काठमाडौंका विभिन्न स्थानमा नेपालको संस्कृति झल्किने खालका तस्बिरसहितको ब्यानर राखिएका छन् । ती मध्ये तिनकुने क्षेत्रमा राखिएको ब्यानर च्यातिदिएको हो ।

ब्यानर च्यातेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका २६ वर्षीय गोपाल सार्की रहेका छन् । मंगलबार राति ९ बजेतिर मापसे गरेर ब्यानर च्यातिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीमाथि अभद्र व्यवहारको मुद्दा चलाइने प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्