चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि, रातारात काठमाडौं सिँगारिँदै



२० असोज २०७६, काठमाडौं

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौँका सडक र पार्क देखाउनैका लागि भए पनि रातारात सिँगारिँदै छन् ।
लामो समय अस्तव्यस्त छाडिएको तीनकुनेस्थित बाँझो जग्गामा रातारात बिरुवा रोपेर हरियाली बनाइँदै छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व सन्ध्यामा काठमाडौंमा सडकका खाल्डाखुल्डी टाल्ने, छोप्नेदेखि लिएर हरियाली बनाउने काम जारी छ । साथै पेटीमा रङरोगन र जेब्राक्रसिङ पनि टल्काइएका छन् ।

तीनकुनेको बाँझो चौरलाइ पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको थियो । गत वर्ष काठमाडौँमा बिम्स्टेक सम्मेलन हुँदा भने फ्लेक्सले बारे यो चौर छोपिएको थियो । तर यसपाली भने रातारात कृत्रिम बगैँचा बनाएर हरियाली देखाउन खोजिएको छ ।

त्यहाँ दुबो रोप्नेदेखि डिल बनाएर हरिया विरुवा र फूलहरु रोप्नेसम्मका काम रातदिन नभनी गरिँदै छ । सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन् भने भित्रको चौरमा दुबो उमारिँदैछ । विदेशी पाहुनाको नजरमा राम्रो देखिनकै लागि हुने यस्ता हतारका विकास निर्माण कार्य कत्तिको दिगो र व्यवस्थित होलान्, हेर्न बाँकी छ । राष्ट्रपति जिनपिङ यही असोज २७र२८ गते काठमाडौँ आउने कार्यक्रम छ । न्युज २४ मा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्