चलचित्र ‘वार’ ले गर्यो अहिलेसम्मकै बम्पर ओपनिङ, तोड्यो सबै रेकर्ड



१६ असोज २०७६, काठमाडौँ

हिजोबाट प्रदर्शनमा आएको चलचित्र वार ले बम्पर ओपनिङ गरेको छ । यो चलचित्रले प्रदर्शनको पहिलो दिन ५३ करोड कमाएको छ । यो यसबर्ष प्रदर्शनमा आएका बलिउड चलचित्र मात्र नभएर अहिलेसम्मकै चलचित्रहरुमध्येको बम्पर ओपनिङ हो ।

चलचित्र वार मा ऋतिक रोशन, टाइगर श्राफ र बानी कपुरको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलिरहेको छ भने समिक्षकले भने यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्