प्रेम प्रस्ताव अस्वीकार गरेका कारण बलिउड नायिका कगंनाकी दिदिमाथि एसिड आक्रमण



१६ असोज २०७६, काठमाडौँ

कगंना रनावत बलिउडकी चर्चित नायिका हुन् । उनी विभिन्न कारणले मिडियामा छाइरहेकी हुन्छिन् । यसैगरी उनकी दिदी रंगोली चन्देल पनि आफ्ना ट्वीटका कारण चर्चामा आइरहेकी हुन्छिन् । उनले आफूलाई मनमा लागेका कुराहरु निर्धक्क भएर ट्वीटरमा पोष्ट गरिरहेकी हुन्छिन् ।

यस्तै रंगोलीले सामाजिक सञ्जालमा आफूमाथि घटेको एक घटनाबारे बताइन् । उनी कलेज पढ्दाको समयमा एक युवकले उनलाई प्रेम प्रस्ताव राखेका थिए । तर रंगोलीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि ती युवकले उनीमाथि १ लिटर एसिड छ्यापिदिए । जसका कारण उनले ५४ पटक शल्यक्रिया गराइसकेकी छिन् ।

एसिड उनको आखाँ र स्तनमा समेत परेको थियो । जसको कारण उनले आखाँ र स्तनको समेत शल्यक्रिया गराएकी रहिछिन् । उनलाई उनकी छोरी जन्मिएपछि छोरीलाई स्तनपान गराउन पनि निकै समस्या भएको थियो । तर श्रीमान, परिवार र बहिनीको साथका कारण उनले हरेक समस्यालाई झेल्दै गइन् ।

प्रतिक्रिया दिनुहोस्