नेपाली चेलि अस्मिता गुरुङ बनिन् अमेरिकन सेकेण्ड लेफ्टिनेन्ट



१४ असोज २०७६, काठमाडौं

नेपाली चेलि अस्मिता गुरुङ अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् ।

स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन । अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन। कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् ।

अमेरिकामा रहँदा उनले टेक्सासमा ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरिन । त्यसपछि उनी विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन । उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् । उनका बुबा आइसबहादुर भारतीय सेनाबाट अबकास भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्