‘कबिर सिंह’ मा निर्माताले साहिदलाई होइन अर्जुनलाई लिन चाहन्थे, खुल्यो नयाँ रहस्य



१४ असोज २०७६, काठमाडौँ

कबिर सिंह यो बर्ष प्रदर्शनमा आएका बलिउड चलचित्रमध्येको सफल चलचित्र हो । यो चलचित्रले बक्सअफिसमा सानदार व्यापार गरेको थियो । त्यतिमात्र नभएर साहिद कपुरलाई पनि उचाइमा ल्याइदिएको छ यो चलचित्रले ।

यो चलचित्रबारे नयाँ तथ्य खुलेको छ । यो चलचित्रका निर्माताले चलचित्रमा अर्जुन कपुरलाई लिन चाहन्थे । यो कुराको जानकारी अर्जुन स्वयमले दिएका छन् । तर चलचित्रका निर्देशकले साहिदलाई अगाडी नै बचन दिइसकेकाले अर्जुन चलचित्रमा कास्ट हुन पाएनन् ।

कबिर सिंह को स्टोरी अर्जुनलाई पनि निकै मन परेको थियो । तर उनी चलचित्रको लागि साहिद सबैभन्दा बेष्ट भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्