‘सङ्गी’को ‘जब जब’सार्वजनिक(भिडियो सहित)



१३ असोज २०७६, काठमाडौं

गायिका सङ्गी दुमी राईको ‘जब जब’गीत सार्वजनिक भएको छ।

‘सङ्गी दुमी राई’को अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठको शब्द/संगीत रहेको छ।

दिलिप समनको निर्देशनमा बनेको भिडियोलाई चुस्तदुरुस्त बनाउने काम फरज अर्पणले गरेका छन्।

पर्दामा स्वयं सङ्गी र जीवन जंगलाई देख्न सकिन्छ।

गायिका राईले यसअघि पनि ‘तिमी जहाँ’, ‘सुस्तरी सुस्तरी’लगायतका आधा जर्दनभन्दा बढी गीतहरु गाइसकेकी छिन्।

‘जब जब’सँगैं राईले अर्को गीत पनि सार्वजनिक गर्न लागेकी बताइन्।

लोकप्रिय गायक राजेश पायल राईसँगको डोयट् गीत छिट्टै सार्वजनिक गर्ने गायिका राईले बताइन्।

भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्