‘लिटल आइडल’सिजन ३ को पहिलो अडिसन सकियो



काठमाडौं।‘लिटल आइडल–२०१९’ सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ।

शनिबार बौद्धस्थित फ्लेभर क्याफेमा सम्पन्न कार्यक्रमले राजधानीभित्रबाट सहभागी हुन आएका ३० भन्दा बढी विद्यार्थीहरुको ट्यालेन्टसी जाँच गरेको छ।

‘ट्रिवेल फेसन कन्सर्न’को आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको मुल्यांकनकर्ताका रुपमा मिस गुरुङ इन्टरनेशनल सन् २०१९ कि विजेता बिनु गुरुङ, फोटोग्राफर सन्देश प्रजापति, कस्मेटोलोजिस्ट डा. रेखा थापा र डान्स कोरियोग्राफर प्रेम श्रेष्ठ रहेका कार्यक्रमका संयोजक श्रेया तामाङले जानकारी दिइन्।

आइडलको दोस्रो अडिसन पनि यथाशक्य चाँडो हुने बताइएको छ। यस्तै अझै सहभागी हुन चाहनेले आयोजकसँग ९८४१५२९७९०, ९८१८८३२०८३, ९८८६३०८२४५ मा सिधा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

आइडलको पहिलो र दोस्रो सिजन भने सन् २०१३ र २०१५ मा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्ः

‘लिटल आइडल–२०१९’ को सिजन ३ हुँदै

 

प्रतिक्रिया दिनुहोस्