पानी पनि नखाइ ब्रत बस्दा मृत्यु



०६ असोज २०७६, काठमाडौं

महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु भएको छ।

एकडारा गाउँपालिका ६ बगेयाका जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेशदेवी पाण्डेको उपवासका क्रममा मृत्यु भएको हो।

यस वर्षको जितिया पर्व निकै लामो अवधिको थियो। ती वृद्धा त्यति लामो समय खाली पेट बस्न नसक्ने अवस्थाकी थिइन्। शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी उनलाई आइतबारसम्म थेग्न नसक्ने भएपछि बिचमा आफन्तले केही खान अनुरोध गरेका थिए।

तर पर्व सकिनुभन्दा अघि पानी पनि खान नहुने मान्यताका कारण ती वृद्धाले केही खाइनन्।

जसका कारण उपवास बसेकै बेला उनको मृत्यु भएको वडाध्यक्ष वडाध्यक्ष सुमन्तकुमार रायले बताए।

प्रतिक्रिया दिनुहोस्