यी हुन् विश्वकै जेठी मोडल, जसले ९३ बर्षको उमेरमा मोडलिङ सुरु गरिन्



०५ असोज २०७६, काठमाडौँ

९६ बर्षकी एलिसले विश्वकै सबैभन्दा जेठी मोडलको टाइटल पाएकी छिन् । एलिसले मोडलिङ सुरु गरेको ३ बर्ष भयो । उनलाई सुरुमा मोडलिङप्रति त्यति रुचि थिएन । तर उनकी नातिनीले उनलाई मोडलिङका लागि हौसला दिइन् ।

एलिस शारिरीक रुपमा आफू निकै फिट रहेको बताउँछिन् । ९६ बर्षकी एलिस निकै नै राम्री पनि छिन् । उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो ।

एलिसले भनिन्, ‘मोडलिङ मेरो लागि कुनै चुनौतीभन्दा कम थिएन । तर मैलै जीवनमा हरेक चुनौतीको सामना गरेकी छु । त्यसैले मैले मोडलिङ गरेरै छोड्ने अठोट लिएकी थिएँ । मलाई केहि थाहा थिएन तर मलाई मेरो म्यानेजरले धेरै कुरा सिकायो । मेरो मेकअप आर्टिस्ट र हेयर ड्रेसरको मेहेनतपछि मोडलिङमा झनै रुचि बढ्दै गयो ।

प्रतिक्रिया दिनुहोस्