एकअर्काको मायामा हराउँदै आयुष्मा र अविनाश



०५ असोज २०७६, काठमाडौँ

आयुष्मा ढकाल मोडलिङ क्षेत्रमा अपरिचित नाम होइन । उनले केही टेलिश्रृङखला र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । आयुष्मा यहि क्षेत्रबाट आफूलाई चिनाउने लक्ष्यका साथ आएकी हुन् र उनी मेहेनत पनि गरिरहेकी छिन् ।

भर्खरै मात्र आयुष्माको नयाँ म्यूजिक भिडियो युट्युबमा रिलिज भएको छ । बिबि थापाको शब्द र मनोज चौलागाईको संगीत रहेको खुल्लम खुल्ला माया बोलको गीतमा पछिल्लो समयकी चर्चित  गायिका मेलिना राई र अबिनाश ठकुरीको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा आयुष्मा ढकालका साथ यसै गीतमा गायक अबिनाश ठकुरी फिचर्ड छन् ।

पूजा पाठकले कोरियोग्राफी गरेको यो गीतलाई आशिष नेपालले निर्देशन गरेका हुन् । यो गीत एजे फिल्म टिभी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्