‘इमेज अवार्ड’ मा स्वस्तिमा र विपिनले पाए सर्वोत्कृष्ट नायक–नायिकाको अवार्ड



०५ असोज २०७६, काठमाडौँ

इमेज अवार्ड को २१ औँ संस्करण निकै भव्य र सव्य तरिकाले सम्पन्न भएको छ । आधुनिक, लोकसँगै चलचित्रका समेत पाँच विधालाई समेटिएर अवार्ड वितरण गरिएको थियो ।

यस्तै चलचित्रको अवार्ड तर्फ बुलबुल बाट स्वस्तिमा खड्काले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै चलचित्र गोपी बाट विपिन कार्कीले सर्वोत्कृष्ट नायकको अवार्ड जिते ।

चलचित्र जात्रै जात्रा ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पार्दा जात्रै जात्रा का निर्देशक प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाए । सर्वोत्कृष्ट चलचित्रको गीतको अवार्ड भने दाल, भात, तरकारी को गीत भिजिट भिषाले पायो ।

प्रतिक्रिया दिनुहोस्