कोरियामा कार्यरत एक नेपालीको मृत्यु



०५ असोज २०७६, काठमाडौं

कोरियाको राजधानी सियोल नजिक एक कम्पनीका कार्यरत चितवनका शिबराज महतोको मृत्यु भएको राप्ति सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बीर कुमार ओलीले जानकारी दिएका छन् ।

शनिवार कम्पनीमा काम सकिएपछी सन्ध्याकालीन यात्रामा ओलीसंगै निस्किएका महतो एक्कासि बिहोस भै ढलेपछि त्यहाँ रहेका स्थानीय कोरियनहरुको सहयोगमा तत्कालै अस्पताल पुर्याइएतापनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।

उच्च रक्त चाँपबाट पिडितम करिब ५० बर्षिय महतोले दातको समस्या भएको बताउने गरेको कम्पनीमासंगै कार्यरत नेपालीहरुले बताएका छन् । करिब १०बर्ष देखि कोरियामा कार्यरत मृतक महतो बिना भिसा बस्दै आएका थिए। उनका छोरा समेत कोरियामा कार्यरत छन् ।

हाल उनको सवलाई नजिकैको अस्पतालमा राखिएको छ । कोरियामा अबैध रुपमा बस्दै आएको र मृत्यु पनि कम्पनि बाहिर भएकोले शव नेपाल पठाउन समस्या पर्न सक्ने संगै कार्यरत ओलीले बताएका छन्।

घटना अलि अबेर घटेकोले कोरिया स्थित नेपाली दुतावासमा खबर गर्न नसकिएको उनले जनाकारी दिएका हुन् । उक्त कम्पनीमा हाल १२ जना नेपालि कार्यरत छन् ।

यस भन्दा केही साता पहिला काभ्रेका केदार तिमल्सिना झुन्डिएको अबस्थामा मृत फेला परेका थिए ।

यो खबर हेल्लो नेपाल कोरिया डटकममा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्