नदीमा पौडी खेल्न गएकी बालिकाको दिमाग अमिबाले खाएर ज्यान गयो



०५ असोज २०७६, काठमाडौँ

अमेरिकाको टेक्सासमा बस्ने १० बर्षिया बालिका पौडी खेल्नको लागि नदीमा गएकी थिइन् । सोही बेला उनको दिमाग अमिबाले खाएर बालिकाको निधन भएको छ ।

लिली नाम गरेकी बालिकाको निधन नदीमै भने भएको होइन । नदीमा पौडी खेलेर घर आएपछि लिलीको टाउको बस्सरी दुख्न थाल्यो र ज्वरो आयो । लिलीका अभिभावकले उनलाई अस्पताल भर्ना गरे । अस्पताल भर्ना गरेको केहीसमय पछि लिली कोमामा गइन् ।

डाक्टरलाई परीक्षणपछि लिलीको दिमागमा दिमाग खाने अमिबा प्रवेश गरेको थाहा भयो । जसले भित्र भित्रै उनको दिमाग खाइरहेको थियो । अनुसन्धानपछि थाहा भयो कि ती बालिकालाई नेगलेरिया फाउलेरीका कारण ब्रेन इन्फेक्सन भएको थियो । यो यस्तो अमिबाका कारण भएको थियो जसले दिमागको टिश्यूलाई क्षती पुर्यााउँछ ।यो अमिबा नाकमार्फत् शरीर भित्र प्रवेश गर्छ र बिस्तारै–बिस्तारे दिमागमा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्