कारागारमा एकैचोटी ७६ कैदी बिरामी



०५ असोज २०७६, काठमाडौं

इलाम कारागारमा एकैचोटी ७६ जना कैदीबन्दी बिरामी परेका छन्।

एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या भएको छ। पाँच दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको बताइएको छ।

धेरै जना कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए।

उनले एकैपटक अस्पताल लैजान असम्भव भएकाले चिकित्सक नै बोलाएर अहिले बिरामीको चेकजाँच भइरहेको जानकारी दिए।

इलाम कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन्।

एक सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्