‘कबड्डी कबड्डी कबड्डी’ ले २ दिनमा कमायो ३ करोड, राख्यो नयाँ रेकर्ड



०५ असोज २०७६, काठमाडौँ

अहिले चलचित्र कबड्डी कबड्डी कबड्डी ले देशभर नै धमाकेदार व्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको व्यापार आक्रमक देखिएको छ । त्यति नै नभएर कबड्डी कबड्डी कबड्डी नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड समेत कायम गरेको छ ।

यो चलचित्रले देशभरबाट प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाखको व्यापार गरेको थियो  भने हिजो शनिबार अर्थात प्रदर्शनको दोस्रो दिन १ करोड ७८ लाखको व्यापार गरेको छ । यसरी हेर्दा कबड्डी कबड्डी कबड्डी ले २ दिनमा ३ करोड ग्रस कलेक्सन गरेको छ ।

१।७८ करोड नै नेपाली सिनेमाले एकल दिनमा कमाएको आधिकारिक कलेक्सन हो । शनिबार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ । यस्तै पहिलो दिनको कलेक्सन १।४७ करोडमा राजधानीबाट ८० र मोफसलबाट ६७ लाख योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्